कहिले हुने भयो प्राइम बैंकको बुक क्लोज ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभा बोलाएको छ ।

प्राइम बैंकको बैशाख ३१ गते बसेको संचालक समितिको ३६२ औं बैठकले जेठ २६ गते बैंकको ११ औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

बैंकले साधारणसभा प्रयोजनका लागि जेठ ९ गतेदेखि बुक क्लोज गर्नेछ । यसको अर्थ यो बैंकको साधारणसभामा सहभागी हुन चाहनेले जेठ ८ गतेभित्र बैंकको सेयर खरीद गरी सेयरधनी भइसक्नुपर्नेछ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १, २०७६ /Wednesday, May 15th, 2019, 2:03 pm