चट्याङ लागेर एकको मृत्यु

बाग्लुङ, जेठ १ । गल्कोट नगरपालिका–११ रिघा टुटुङगा बस्ने ३८ वर्षीया पूर्ण कुमारी श्रीष चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

घर नजिकै चट्याङ पर्दा उनको घट्नास्थलमै मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १, २०७६ /Wednesday, May 15th, 2019, 1:34 pm