जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मकवानपुर, जेठ १ । हेटौंडा उपमहानगरपालिका–२ संगम चोक डेरा गरी बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ पिप्लेकुना बस्ने ४२ वर्षीय हिरालाल चौलागाईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनले ती बालिकालाई गत शनिबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चौलागाईलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १, २०७६ /Wednesday, May 15th, 2019, 1:29 pm