जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं, जेठ १ । काठमाडौं महानगरपालिका–८ जय बागेश्वरीस्थित ईलाम फाकफुकथुङ गाउँपालिका–२ घर भएका ३० वर्षीय गौरव राईको ईलाम पाँचथर गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई नगद ६५ हजार ३ सय ३५ रुपैयाँ र ३ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १, २०७६ /Wednesday, May 15th, 2019, 1:25 pm