भार्गव विकास र शाइन रेसुंगा डेभलपमेन्ट बैंक मर्ज हुने

काठमाडौं, जेठ १ । दुईवटा क्षेत्रिय स्तरका विकास बैंकहरु भार्गव विकास बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंक मर्ज हुने भएका छन् । यी दुई बैंकबीच मंगलबार मर्ज सम्बन्धि सम्झौता भएको हो । शाइनले भार्गवलाई गाभ्न लागेको हो । बैंक मर्जमा जाने भएसंगै नेप्सेमा दुवै कम्पनीको कारोबार रोक्का भएको छ ।

शाइन रेसुङ्गा रुपन्देही, अर्घाखांची, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ्ग, प्यूठान, बाग्लुङ्ग र चितवन गरी १० जिल्लामा कार्यक्षेत्र भएको “ख” वर्गको बिकास बैंकको रुपमा विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । त्यसैगरी भार्गव विकास बैंकको ५ जिल्ला कार्यक्षेत्र भएकोमा हाल बाँके, बर्दिया र दाङ्ग जिल्लामा शाखा कार्यालयहरु रहेका छन् ।

प्राप्ति पछिको वित्तीय संस्थाको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र संस्थाको केन्द्रीय कार्यालय बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहने भएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १, २०७६ /Wednesday, May 15th, 2019, 12:36 pm