गुराँस लाइफको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ, जेठ १ । गतचैत्र २८ गतेदेखि निष्काशन गरेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५० प्रतिशतको अनुपातमा हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । यो बीमा कम्पनीको हकप्रद शेयर भर्न यही चैत ५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका शेयरधनीले मात्रै पाउने भएका छन् ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ७० हजार कित्ता हकप्रद निश्कासन गरेको हो ।

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमीटेड रहेको छ । यसले कम्पनीको ५९ करोड ४० लाखको चुक्ता पुँजीलाई २९ करोड ७० लाख रुपैयाँले बढाउने गरी हकप्रद जारी गरेको हो ।

कहाँबाट दिने आवेदन ?
हकप्रद शेयरमा आवेदन दिन योग्य लगानीकर्ताहरुले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, लक्ष्मी बैंक लिमिटेडका उपत्यका भित्रका ललितपुर , महाराजगञ्ज र वाहिरका विरगञ्ज, विराटनगर, भैरहवा, पोखरा, नारायणगढ, नेपालगञ्ज, धनगढी, जनकपुर, इटहरी, दमक, धरान, लहान, स्याङ्जा, सुर्खेत, दाङ, महोत्तरी, सल्यान, दोलखा, काभ्रेपलाञ्चोक, तनहु र मकवानपुरका शाखाकार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यसका साथै सि—आस्वा सदस्यता लिएक बैंक तथा वित्तीय संस्थाबाट सि—आस्वा प्रणालीमार्फत पनि शेयर भर्न सकिने व्यवस्था छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १, २०७६ /Wednesday, May 15th, 2019, 11:54 am