फाइनलमा चेन्नई १ रनले पराजित, मुम्बईले जित्यो चौथो पटक उपाधि, कुन खेलाडीले जिते कुन अवार्ड ?

काठमाडौं, वैशाख ३० । चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बई इन्डियन्सले १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि जितेको छ । यो जीतसँगै मुम्बईले सर्बाधिक ४ पटक आइपीएलको उपाधि हात पारेको हो ।

१५० रनको लक्ष्य पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन बनायो । चेन्नइलाई अन्तिम बलमा २ रन चाहिएको थियो । अन्तिम ओभर लसिथ मलिंगाको हातमा थियो । उनले अन्तिम बलमा सार्दुल ठाकुरलाई आउट गर्दै मुम्बईलाई उपाधि जिताए ।

यस्तै मुम्बईका लागि किरण पोलार्डले सर्बाधिक नट आउट ४१, क्विन्टनले २९, इशान किसानले २५, हार्दिक पाण्ड्याले १६, कप्तान रोहित शर्मा, सूर्यकुमारले १५–१५, कुणाल पाण्ड्याले ७ रन बनाए । बलिङमा चेन्नईका दीपक चाहुले ३, इमरान ताहिर र सार्दुल ठाकुर २–२ विकेट लिए ।

१५० रकनो लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन बनायो । उसका लागि शेन वाट्सनले ८० रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, फाफ डुप्लेसीले २६ र डीजे ब्रावोले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकसमेत बटुल्न सकेनन् । बलिङमा मुम्बईका जसप्रित बुमराहले २, कुणाल पाण्ड्या, लसि मलिंगा र राहुल चहरले एक–एक विकेट लिए ।

कुन खेलाडीले जिते कुन अवार्डः
१. सर्वाधिक रन (अरेन्ज क्याप) – डेविड वार्नर (हैदरावाद)
२. सर्वाधिक विकेट (पर्पल क्याप) – इमरान ताहिर (चेन्नई)
३. मस्ट भ्यालुवल प्लेयर – आन्द्रे रसेल (कोलकता)
४. इमरर्जिङ प्लेयर अफ टुनामेन्ट – शभमन गिल (कोलकता)
५. फास्ट फिफ्टी – हार्दिक पान्ड्या (मुम्बई)
६. उत्कृष्ट क्याच – काइनर पोलार्ड (मुम्बर्ई)
७. सुपर स्ट्राईकर – आन्द्रे रसेल (कोलकता)
८. स्टाइलिस प्लेयर अफ द सेसस – के एल राहुल (पन्जाव)
९. गेम चेन्जर अफ द सिजन – राहुल चाहर (मुम्बई)

प्रकाशित मिति: सोमवार, बैशाख ३०, २०७६ /Monday, May 13th, 2019, 8:22 am