लुट्न सके लुट पछि पशुपतिशर्माको अर्को गीत ‘हजुर हाम्रै पाला’ ( भिडियो सहित )

चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्बजनिक भएको छ । लुट्न सके लुट गीत बिबादित भएपछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका

छन् ।

————————————————

यो पनि हेर्नुहोस

‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतमा पशुपति शर्मा र देवी घर्ति मगरले स्वर दिएका छन् । गीतमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ लाइ आर्थिक सहयोग गर्न अपिल गरिएको छ । पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवश हुमागाँई र नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने शंकर बिसीले निर्देशन गरेका छन् ।

गीतको भिडियोलाई धुर्मुस सुन्तली अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ । हेर्नुहोस भिडियो …

प्रकाशित मिति: शुक्रबार, बैशाख २७, २०७६ /Friday, May 10th, 2019, 4:53 pm