बिहिबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, बैशाख १२ । अघिल्लो दिनको तुलनामा नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर ५९ हजार ६ सय रुपैयाँ पुगेको थियो तर मंगलबार छापावाल सुनको मूल्य तिन सयले घटेर ५९ हजार ३ सय रुपैयामा कारोबार भएको थियो । बुधबार प्रति तोला १ सय रुपैयाले घटेर ५९ हजार २ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य बिहिबार भने तोलामा ४ सय रुपैयाले बढेको छ, यस दिन छापावाल सुन प्रति तोला ५९ हजार ६ सय रुपैयामा कारोबार भईरहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै यस दिन तेजावी सुन पनि तोलामा ४ सय रुपैयाले बढेर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

बिहिबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । यस दिन चाँदीको मूल्यमा ५ रुपैयाले बढेको छ । मंगलबार पनि चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भएकोमा बुधबार भने प्रति तोला ७ सय २० रुपैयामा कारोबार भएको थियो, बिहिबार भने तोलामा ५ रुपैयाले बढेर प्रति तोला ७ सय २५ रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख १२, २०७६ /Thursday, April 25th, 2019, 11:34 am