चार वर्ष त गयो पीर-चिन्ता गएन

काठमाडौँ, बैशाख १२ । आज वैशाख १२ गते शक्तिशाली भुकम्प गएको दिन । वैशाख १२ सम्झिदा सबै झस्कने गर्छन । भुकम्प प्रभावितहरुले भुकम्पले दिएको पीडा अझै भुल्न सकेका छ्रैनन् । भुकम्प गएको चार बर्षमा पनि बारम्बार पराकम्पन आउने क्रम रोकिएको छैन ।

भुकम्पबाट प्रभावित ३१ जिल्लाभित्र केन्द्र बनाएर साना ठूला पराकम्पन जाने क्रम अझै जारी नै छ । चार बर्ष पुग्न एक दिन बाँकी रहँदा भुकम्पले पुनः वैशाख १२ को सम्झना गराएको छ । धादिङ केन्द्रविन्दु भएर गएको भुकम्पको कारण बुधबार बिहानै उपत्यका काठमाडौं लगायतका क्षेत्रमा भागदौड चलेको थियो ।

बारम्बार आउने भुकम्पको पराकम्पनले नागरिकहरुमा त्रास सृजना गर्ने गरेको छ । भुकम्पकहाँ र कति बेला आउछ पूर्व अनुमान गर्न गाह्रो छ । तर मानव नर्मित भौतिक संरचना निर्माणमा ध्यान दिनसकेको खण्डमा भने मानविय क्षति कम गर्न सकिन्छ । चार बर्षको अवधिमा मात्र ४५ हजार भुकम्पको पराकम्पन गएको राष्ट्रिय भुकम्प तथा अनुसन्धान केन्द्रले बताएको छ ।

सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, काठमाडौं, धादिङ, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, मकवानपुर लगायतको जिल्लालाई केन्द्र बनाएर भुकम्पको पराकम्पन जाने गरेको छ । अनुसन्धान केन्द्रका भुकम्पविद् चिन्तन तिमल्सेनाले चार बर्षको अवधिमा ४५ हजार पराकम्पन गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चार बर्षमा ४५ हजार भन्दा बढी भुकम्पको पराकमम्पन गएको छ, चार रेक्टर स्केल भन्दामाथिको चार सय २० पराकम्पन गएको छ ।’ नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

प्रकाशित मिति: बिहिबार, बैशाख १२, २०७६ /Thursday, April 25th, 2019, 9:23 am