यी हुन् एकसय भन्दा कम मूल्य भएका १६ कम्पनीका शेयर

काठमाडौं, बैशाख १० । १६ वटा कम्पनी जसको सेयर मूल्य दोस्रो बजारमा सय रुपैयाँ भन्दा कम मूल्यमा पाइन्छ । यसमा प्रायःजसो जलविद्युत कम्पनीहरु नै परेका छन् ।

आँखुखोला जलविद्युतको सेयर मूल्य ८० रुपैयाँ छ । बरुण हाइड्रो पावर ९२ रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर र सिटी एक्सप्रेस फाइनान्स सय रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंक ९३ रुपैयाँ, कालिका पावर कम्पनी ९१ रुपैयाँ छ भने कर्णाली विकास बैंक ९९ रुपैयाँ, माउन्टेन हाइड्रो ९० रुपैयाँ, नेशनल हाइड्रोपावर कम्पनी ६९ रुपैयाँ, रैराङ हाइड्रोपावर कम्पनी ९१ रुपैयाँ, रिडि हाइड्रोपावर ९२ र युनिभर्सल पावर कम्पनी ९१ रुपैयाँ रहेको छ ।

त्यसैगरी दिव्यश्वरी हाइड्रोपावर ८२, खानीखोला हाइड्रोपावर ७८ रुपैयाँ, सिनर्जि पावर डेभलपमेन्ट ९९ रुपैयाँ र वल्ड मर्चेण्ट बैंक ८१ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख १०, २०७६ /Tuesday, April 23rd, 2019, 8:36 pm