मंगलबार बढ्यो नेप्से, यी कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौँ, बैशाख १०। साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । मंगलबार नेप्से ३ दशमलव ७४ अंकले बढेर १ हजार २ सय ६० दशमलव ६८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

अघिल्लो दिन सोमबार भने नेप्से ७ दशमलव २६ अंकले घटेर १ हजार २ सय ५६ दशमलव ९४ को बिन्दुमा बजार बन्द भएको थियो ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ९० अंकले बढेर २ सय ७२ दशलमव २७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७६ कम्पनीको १८ लाख १ हजार ५२२ कित्ता शेयर खरिदबिक्री भई ६१ करोड ४१ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार १६८ कम्पनीको ३२ लाख २२ हजार २५६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब तीन करोड ७६ लाख ४३ हजार २९१ रुपैयाँको कारोबार भएको थियो ।
यस दिन ११ वटा उपपरिसुचकहरुमा ५ वटा समूहहरु बढेका छन् भने ६ वटा समूहहरु घटेका छन् ।

कारोबारमा सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको कारोबार ४ करोड ९६ लाख रुपैयाँ भएको छ ।

त्यस्तै यस दिन सर्बाधिक कमाउनेमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्यमा ९ दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ ।

साथै सर्बाधिक गुमाउनेमा घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ४ दशमलव ७९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख १०, २०७६ /Tuesday, April 23rd, 2019, 3:32 pm