जथाभावी फोहोर फ्याक्ने पक्राउ

ललितपुर, बैशाख ९ । सार्बजनिक स्थानमा जथाभावी फोहोर फ्याक्ने भारतीय नागरिकलाई महानगरिय वृत्त सतदोबाटोले पक्राउ गरेको छ । आइतबार राती स्वीमिङ पुल अगाडिको सडकमा फोहोर फ्याक्न लाग्दा भारत घर भइ ललितपुर महानगरपालिका वडा न १४ नखिपोट बस्ने १९ बर्षको राम कुमारलाई पक्राउ गरिएको प्रहरी बृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले बताए ।

फोहोरमैला ब्यबस्थापन ऐन २०६८ र स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार कसुरदारलाई महानगरपालिकामा बुझाइएको डीएसपी मिश्रले बताए । सातदोबाटो क्षेत्रमा वडा, सामुदायिक संघ सस्था र प्रहरीको सहकार्यमा फोहोरमैला ब्यबस्थापन र सरसफाइको कामलाई तिब्रता दिइएको महानगरपालिका १५ का वडाध्यक्ष सुदर्शन मिश्रले दैनिकीन्युजलाई बताए । यसअघि पनि स्विमिङ पुल अगाडि फोहोर पाल्ने तीन जनालाई जनही १ हजार जरिवानी गरि छाडिएको थियो ।

प्रकाशित मिति: सोमवार, बैशाख ९, २०७६ /Monday, April 22nd, 2019, 10:04 pm