यसकारण बिहीबार सेयर बजार चम्कियो

काठमाडौं, बैशाख ५ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से १५ दशमलव २२ अंकले बढेर १ हजार २ सय ३२ दशमलव २६ अंकमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ३ दशमलव ९९ अंकले बढेर २ सय ६५ दशलमव ५६ अंकमा पुगेर बन्द भएको छ ।

बिहीबार १ सय ६५ कम्पनीको २४ लाख ३३ हजार २ सय ७५ कित्ता कारोबार हुँदा ७४ करोड ४१ हजार ४२५ रुपैया बराबरको कारोबार भएको छ । तर बुधबार ८२ करोड १६ लाख ९८ हजार १० रुपैया बराबरको कारोबार भएको थियो ।

यस दिन सबैभन्दा बढी कारोबर कुमारी बैंकको भएको छ । जसको कारोबार ८ करोड ५८ लाख २ हजार ५ सय ३० रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी प्रभु बैंकको ४ करोड ४७ लाख ७ हजार २३९ रुपैयाँ, नेपाल बैंक लिमिटेडको ४ करोड २० लाख ६४ हजार ३ सय १३ रुपैयाँ , एनएमबि बैंकको ३ करोड ६१ लाख ३२ हजार १६७, छिमेकी लघुवित्तको २ करोड ९९ लाख २१ हजार ६ सय ४३, एनआईसी एशिया बैंकको २ करोड ९२ लाख ३९ हजार ८ सय ४४ रुपैयाँ बराबरको कारोबार भएका छ ।

यस दिन कारोबारमा आएको १० वटा समूहहरुमध्ये ६ वटा समूहको शेयर मूल्य बढेका छन् भने बाँकी रहेका ४ वटा समूहको शेयर मूल्य घटेका छन् । यसदिन सबैभन्दा बढी बैकिङ समूह २५.३५ अंक, होटल समूह १६.३६ अंक, लघुवित्त समूह १२ अंक, उत्पादन समूह १०.५७ अंक, अन्य समुह १.१९ अंक, विकास बैंक समुह ०.७२ अंकले बढेका छन् । त्यसैगरी जीवन विमा समूहको शेयर मूल्य सबैभन्दा बढी २५.०१ अंकले गिरावट आएको छ । निर्जिवन विमा समूह १३.३२ अंक, जलविद्युत समह ६.१४ अंक, वित्त समूह ३.९७ अंकले गिरावट आएका छन् ।

सर्वाधिक कमाउने कम्पनी
यस दिन सर्वाधिक कमाउनेमा नेपाल एसविआई बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ५० प्रतिशतले बढेको छ । त्यसैगरी नेपाल कम्प्युनिटी डेभलपमेन्ट बैंकको ५.३० प्रतिशत, लक्ष्मी बैंकको ५.०५ प्रतिशत, नबिल बैंकको ४.७९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ४.७२ प्रतिशत, हिमालयन बैंकको ४.७१ अंकले बढेका छन् ।

सर्वाधिक गुमाउने कम्पनी
यस दिन सर्वाधिक गुमाउनेमा माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ५ दशमलव ९४ प्रतिशतले घटेको छ । त्यसैगरी वल्र्ड मर्चेट बैंक एण्ड फाइनान्सको ५.८८ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ४.९५ प्रतिशत, युनिभर्सल पावर कम्पनीको शेयर मूल्य ४.२१ प्रतिशतले बढेका छन् ।

बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासमा उत्साहप्रद वित्तीय विवरण आउने र त्यसका आधारमा उनीहरुको लाभांश क्षमता समेत आँकलन गर्न सकिने भएपछि लगानीकर्ताको मनोबल बलियो बन्दै गएको शेयर बजारका जानकारहरु बताउँछन् ।

आर्थिक वर्षको अन्तिम त्रैमासका कारण सरकारको विकास खर्च बढ्ने र त्यसले बैंक तथा वित्तीय संस्थामा तरलता सहज भई ब्याजदर घट्ने आशामा समेत लगानीकर्ताको मनोबल केही मजबुत भएको देखिन्छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख ५, २०७६ /Thursday, April 18th, 2019, 3:25 pm