किन हटाए गूगल र एप्पलले एप स्टोरबाट टिकटक?

काठमाडौं, । विश्वभर ५० करोडभन्दा बढि प्रयोगकर्ता रहेको टिकटकलाइ भारतमा गूगल र एप्पलले आफ्नो एप स्टोरबाट हटाएका छन ।
एप स्टोरबाट हटाए पछी नया प्रयोगकर्ताले डाउनलोड गर्न नमिले पनि पुराना प्रयोगकर्ताले भने प्रयोग सक्ने छन् ।

यसअघि मंगलबार मात्रै भारत सरकारले टिकटक एपलाई डाउनलोड गर्नबाट रोक लगाउन कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

मद्रास उच्च अदातलले भारत सरकारलाई यो एपमाथि प्रतिवन्ध लगाउने आदेश दिएको थियो । यो एपले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको अदालतको जिकिर थियो । त्यस लगत्तै भारतको डिजिटल कम्यूनिकेसन्स नियमन गर्ने निकाय संचार तथा सूचना प्रविधि मन्त्रालयले एप्पल र गूगल दुबैलाई टिकटक एप आफ्नो एप स्टोरबाट हटाउन निर्देशन दिएको थियो ।

सोहि निर्देशनअनुसार गूगल प्ले स्टोर र एप्पल आईओएस स्टोरबाट टिकटक डाउनलोड गर्न नसक्ने गरी हटाएका हुन । अब भारतीयहरुले भारतमा गूगल र एप्पलको एप स्टोरबाट टिकटक डाउनलोड गर्न सक्नेछैनन् ।

टिकटकको निकै ठूलो बजार भारतमा १२ करोड भन्दा बढि यूजर्स रहेको बताईएको छ ।

यसअघि भारतको अदालतले टिकटक एपले अश्लिलता फैलाएको र बालबालिकाहरुका लागि अनुपयुक्त भएको भन्दै प्रतिबन्ध लगाउन सरकारलाई आदेश दिएको थियो ।

मद्रास उच्च अदालतको आदेशविरुद्ध एपको मालिक चिनियाँ कम्पनी बाइटडान्स सर्वोच्चमा पुनरावेदन गरेको थियो तर सो अपील सर्वोच्चले खारेज गरेको थियो ।

प्रकाशित मिति: बुधबार, बैशाख ४, २०७६ /Wednesday, April 17th, 2019, 2:16 pm