सोमबार दुई कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं, वैशाख २ । सोमबार सेञ्चुरी कमर्सियल बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ। सेञ्चुरी बैंकको बोनस र ग्रामीण विकास लघुवित्तको हकप्रदमा नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेका अनुसार सेञ्चुरी बैंकको २ प्रतिशत बोनस पश्चात प्रतिकित्ता १६६ रुपैयाँ ६७ पैसामा शेयरमूल्य समायोजन गरेको हो। समायाजित शेयरमूल्यलाई आधार मानेर बैंकको सोमबार कारोबार खुलेको हो। बैंकले वैशाख १२ गते आह्वान गरेको वार्षिक साधारण सभाका लागि चैत २९ गते बिहीबार बुकक्लोज गरेको हो ।

यसैगरी नेप्सेले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५० प्रतिशत हकप्रदमा शेयरमूल्य समायोजन भएको छ। नेप्सेले ५० प्रतिशत हकप्रद समायोजन पश्चात प्रतिकित्ता ३३३ रुपैयाँ ६७ पैसामा शेयरमूल्य समायोजन गरेको छ । यसै मूल्यलाई आधार मानेर लघुवित्तका सोमबार कारोबार खुलेको छ।

प्रकाशित मिति: सोमवार, बैशाख २, २०७६ /Monday, April 15th, 2019, 4:06 pm