नेप्से हरियाली, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं, बैशाख २ । नयाँ वर्ष २०७५ सालको बैशाख २ गते सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दशमलव ७० अंकले बढेर १ हजार १ सय ८८ दशमलव ७१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव १३ अंकले बढेर २ सय ५४ दशलमव ७७ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ६५ कम्पनीको ९ लाख ६४ हजार ५९८ कित्ता शेयर खरिदबिक्री भई ३० करोड ४५ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा सबैभन्दा बढी नेको इन्स्योरेन्सको भएको छ । जसको कारोबारमा आज २ करोड ७५ लाख ५० हजार बराबरको भएको छ । जसको बजार मूल्य ५२२ रुपैयाँ रहेको छ ।

यस दिन १० वटा उपपरिसुचकहरुमा ६ वटा समूहहरु बढेका छन् भने ४ वटा समूहरु घटेका छन् । बैंकिङ समूह ५ दशमलव ८९ अंकले बढेको यो दिन होटल समूहमा २२ दशमलव ४९, होटल समूह २२ दशमलव ४९, विकास बैंक समूह ४ दशमलव १३ अंक, निर्जीवन बिमा समूह ६ दशमलव ९५ अंक, माइक्रोफाइनान्स ४२ दशमलव ४४ अंक र उत्पादनमूलक १० दशमलव ३५ अंकले बढेका छन् । यो दिन जीवन बिमा समूह ११ दशमलव २५ अंक, जलविद्युत समूह ५ दशमलव ३२ अंक, बित्त समूह २ दशमलव ०१ र अन्य समूह ५ दशमलव २८ अंकले गिरावट आएको छ ।

सर्वाधिक कमाउने कम्पनी
त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्यमा ७ दशमलव ५६ प्रतिशतले वृद्धि गरेको छ । त्यस्तैगरी साना किसान विकास बैंकको शेयर मूल्य ६.४५ प्रतिशतले बढेको छ ।

सर्वाधिक गुमाउने कम्पनी
साथै सर्वाधिक गुमाउनेमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ६ दशमलव ८९ प्रतिशतले घटेको छ । यसैगरी नाडेप लघुवित्तको शेयर मूल्य ४.४४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख २, २०७६ /Monday, April 15th, 2019, 3:54 pm