सोमबार कतिमा कारोबार हुँदै छ त सुनचांदी ?

काठमाडौँ,बैशाख २ । नयाँ बर्षको पहिलो कारोबार दिन बैशाख २ गते सोमबार सुनको मूल्य स्थिर रहेको छ । गत साताको छैटौं दिन शुक्रबार नेपाली बजारमा छापावाल सुन ६ सय रुपैयाले घटेको थियो । शुक्रबार छापावाल सुन प्रतितोला ५९ हजार ६ सय रुपैयामा कारोबार भएको थियो भने आज सोमबार पनि सोहि मुल्यमा कारोबार भै रहेको छ ।

यस दिन तेजाबी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयामा कारोबार भैरहेको छ ।

सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ छ । गत शुक्रबार चाँदी तोलामा १० रुपैयाले घटेर प्रति तोला ७ सय २० रुपैयामा कारोबार भएकोमा आज सोमबार पनि सोहि मुल्यमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख २, २०७६ /Monday, April 15th, 2019, 12:46 pm