मलेसियामाथि नेपालको सानदार जित

काठमाडौँ, बैशाख २ । मलेसियामा जारी आईसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको खेलमा मलेसियाले नेपालमाथि ८ विकेटको सानदार जित हासिल गरेको छ । नेपालले निर्धारित ९३ रनको लक्ष्य दुई विकेटको क्षतिमा १३ औं ओभरमा पुर्यायो । नेपालका व्याट्सम्यान पवन सर्राफ १९ रन र आरिफ शेख २६ रन बनाउदै आउट भए भने रोहित कुमार पौडेल ६ रन र रित गौतमले अविजित ३९ रन बनाएका थिए ।

आयोजक मलेसियाविरुद्ध बायोमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । त्यसपछि ब्याटिङ गरेको मलेसिया ३३ दशमलव ५ ओभरमा ९२ रन बनाएको छ ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पवन सरार्फ र कुशल मल्लले ३–३ विकेट लिए भने कलम सिंह ऐरीले २ विकेट लिए । सागर ढकालले १ विकेट लिँदा बाँकी १ खेलाडी रन आउट भए ।

कमलले पहिलो ओभरको तेस्रो बलमै विकेट लिएका थिए । त्यसपछि उनले नै ४ दशमलव २ ओभरमा दोस्रो विकेट लिएका थिए ।

मलेसियाका लागि लेज्यात डानियल फिक्वारीले सर्वाधिक ३७ रन बनाए। कप्तान मोहम्मद आमिरले १३ तथा विकेटकिपर हाकिम हारिसनले १० रन बनाउनुबाहेक ब्याट्सम्यान नेपाली बलरसामु धेरैबेर टिक्न सकेनन् ।

नेपालका लागि कुशल मल्ल र पवन शर्राफले समान ३–३ विकेट लिए । कमल सिंह ऐरीले २ र सागर ढकालले १ विकेट लिए ।

जारी आईसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत भएको पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा भने वर्षा बाधक बनेपछि नेपाल यूएईसँग डिएल मेथोडमा एक रनले पराजित भएको थियो ।

प्रकाशित मिति: सोमवार, बैशाख २, २०७६ /Monday, April 15th, 2019, 11:01 am