कहिले हुने भने एभरेष्ट इन्स्योरेन्सको बुक क्लोज ?

काठमाडौं, वैशाख २ । एभरेष्ट इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशनको लागि बैशाख ९ गते सोमबार बुक क्लोज गर्ने निर्णय गरेको हो । यसकारण बैशाख ८ गतेसम्म शेयरस्वामित्व कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले इन्स्योरेन्स कम्पनीलाई गतचैत्र २७ गते हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीले ३ सय प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो ।

प्रकाशित मिति: सोमवार, बैशाख २, २०७६ /Monday, April 15th, 2019, 10:37 am