आईसीसी यू-१९ विश्वकप छनोट: मलेसियाले नेपाललाई दियो ९३ रनको लक्ष्य

काठमाडौँ, बैशाख २ । मलेसियामा जारी आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको खेलमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ।

आयोजक मलेसियाविरुद्ध बायोमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । त्यसपछि ब्याटिङ गरेको मलेसिया ३३.५ ओभरमा ९२ रन बनाएको छ ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पवन सरार्फ र कुशल मल्लले ३-३ विकेट लिए भने कलम सिंह ऐरीले २ विकेट लिए । सागर ढकालले १ विकेट लिँदा बाँकी १ खेलाडी रन आउट भए ।

कमलले पहिलो ओभरको तेस्रो बलमै विकेट लिएका थिए । त्यसपछि उनले नै ४.२ ओभरमा दोस्रो विकेट लिएका थिए ।

मलेसियाका लागि लेज्यात डानियल फिक्वारीले सर्वाधिक ३७ रन बनाए। कप्तान मोहम्मद आमिरले १३ तथा विकेटकिपर हाकिम हारिसनले १० रन बनाउनुबाहेक ब्याट्सम्यान नेपाली बलरसामु धेरैबेर टिक्न सकेनन् ।

नेपालका लागि कुशल मल्ल र पवन शर्राफले समान ३-३ विकेट लिए । कमल सिंह ऐरीले २ र सागर ढकालले १ विकेट लिए ।

जारी आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत भएको पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा भने वर्षा बाधक बनेपछि नेपाल यूएईसँग डिएल मेथोडमा एक रनले पराजित भएको थियो ।

प्रकाशित मिति: सोमवार, बैशाख २, २०७६ /Monday, April 15th, 2019, 10:31 am