एकाविहानै भूकम्पको धक्का महसुस

काठमाडौं, बैशाख २ । बझाङ केन्द्रबिन्दु भएर सोमबार बिहान ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।

सोमबार बिहान ४ बजेर २७ मिनेटमा बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ वैशाख १२ गतेको भूकम्पपछि त्यसकै परकम्प गइरहे पनि यो भूकम्प नयाँ भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख २, २०७६ /Monday, April 15th, 2019, 7:51 am