जुडशितल पर्वको अवसरमा प्रदेश २ मा सोमबार सार्वजनिक बिदा (प्रेस विज्ञप्तिसहित)

धनुषा, वैशाख १ । प्रदेश २ सरकारले भोलि सोमबार (वैशाख २ गते) जुडशितल पर्वको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्रीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जुडशितलको अवसरमा वैशाख २ गते प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएका हुन् ।

होली पर्वमा रंग अविरले खेलिए जस्तै जुडशितल पर्वमा हिलो र पानीले खेलिने गरिन्छ। नयाँ वर्ष २०७६ को स्वागतमा वैशाख १ मा सतुवाई र २ गते हुने जुड्शितललाई मध्यनजर गर्दै प्रदेश सरकारले सार्वजनिक विदा घोषणा गरेको हो। मिथिलाञ्चल क्षेत्रका विभिन्न कार्यक्रमको आयोजना गरी एक आपसमा हिलो र पानी छ्यापेर यो पर्व मनाउने गरिन्छ।

प्रकाशित मिति: आइतवार, बैशाख १, २०७६ /Sunday, April 14th, 2019, 9:37 pm