खेलमैदानमा पानी पर्दा नेपाल युएईसंग पराजित

काठमाडौं, चैत ३० । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । शनिवार मलेशियाको किनरारा मैदानमा भएको खेलमा नेपाल युएईसँग १ रनले पराजित भएको हो ।

क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा वर्षा भएको कारण खेल डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा हुँदा नेपालले पराजय व्यहोरेको हो ।

नेपालले दिएको २४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि निरन्तर परेको वर्षाले खेल हुने सम्भावना सकिदा खेलको निर्णय डिएलबाट गरिएको थियो ।

डिएलमा युएईले ३० ओभरमा जितका लागि १ सय २२ रनको नयाँ लक्ष्य पाएपछि नेपाल १ रनले पराजित भएको हो ।

पहिलो खेल खेलिरहेका हरि चौहान र भीम सार्कीको पचास अर्धशतकको मद्दतले नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनायो । यूएईले भने ३० ओभरमा तीन विकेट गुमाएर १२२ रन बनाएको थियो। वर्षाले खेल रोकेपछि डिएलएस मेथडको आधारमा यूएई विजयी भयो ।

छ राष्ट्र सम्मिलित प्रतियोगिताको विजेताले सन् २०२० मा दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिका खेलाडीको विश्वकप क्रिकेट प्रतियोगिताका स्थान पाउनेछ । नेपालले अर्को खेल सोमवार आयोजक मलेशियासँग प्रतिष्पर्धा गर्नेछ ।

प्रकाशित मिति: शनिबार, चैत्र ३०, २०७५ /Saturday, April 13th, 2019, 4:24 pm