नेपाल युएईविरुद्ध जितको लक्ष्यसहित ब्याटिङमा

काठमाडौं, चैत ३० । आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपालले अहिले बलियो टोली युनाईटेड अरब इमिरेट्स (युएई) संग प्रतिस्पर्धा गरिरहेको छ ।

क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । युएईले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।

पहिलो खेलमा शानदार जित निकालेको नेपाल युएईविरुद्ध सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत्र ३०, २०७५ /Saturday, April 13th, 2019, 8:28 am