बैशाख २ गते सार्वजनिक विदा दिने निर्णय (हेर्नुहोस विज्ञप्ति)

काठमाडौं, चैत २९ । सरकारले आगामी २०७६ साल वैशाख २ गते परेको सिरुवा पर्वका लागि तराईका ५ जिल्लामा सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले उक्त सूचना ५ वटै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिसकेको छ ।

सरकारले अघिल्लो बर्ष सिरुवा पर्वको बिदा कटौती गरेपछि आदिवासी समुदायले त्यसको विरोध गर्दै विदाको माग गरेका थिए । तराईमा बस्ने आदिवासी (राजवंशी, थारु, मेचे, उराव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी) समुदायले सिरुवा पर्व मनाउने गर्दछन् । २०७६ साल बैशाख १ गतेदेखि ३ दिनसम्म यी समुदायले सिरुवा पर्व मनाउने गरेको छ ।

हेर्नुहोस गृहमन्त्रालयबाट प्रकाशित विज्ञप्ति

प्रकाशित मिति: शुक्रबार, चैत्र २९, २०७५ /Friday, April 12th, 2019, 6:53 pm