टेलिकमको नयाँ बर्ष अफर, २ सयमा ३ जिबी डाटा, २ सय मिनेट भ्वाइस कल

काठमाडौं। नेपाल टेलिकमले नयाँ बर्षको लागि स्किम ल्याएको छ। कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ।

यो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ।

प्याकको अवधि खरिद गरेपछि ५ दिनसम्म रहने छ। योे प्याक २०७५ चैत ३० देखि बैशाख २ सम्म खरिद गर्न सकिने छ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २९, २०७५ /Friday, April 12th, 2019, 3:42 pm