सिंगापुरलाई नेपालले दियो २ सय ८३ रनको लक्ष्य

काठमाडौं, चैत २९ । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तरगत एसिया क्षेत्र छनोट प्रतियोगितामा सिंगापुरलाइ नेपालले २ सय ८३ रनको लक्ष दिएको छ । मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनएको छ ।

नेपालले आफ्नो पूरा ओभर ब्याटिङ गर्न भने सकेन । ३ सय रन कटाउन सक्ने अवस्थामा नेपाल ४६ ओभरमा अलआउट भएको थियो । ४६ औं ओभरमा नै नेपालले तीन विकेट गुमाएको थियो ।

खराब सुरुवात गरेको नेपालले मात्र १८ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, कप्तान रोहित कुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रनको योगदान दिए ।
एक सय ५ बलको सामना गरेका उनले सात चौका र एक छक्का प्रहार गरे उनी पाँच रनले शतक बनाउन चुके । पवन ४७ रनमा आउट भए ।

यस्तै नेपालका लागि राशिद खानले ४८, कमल सिंह ऐरीले ३१ तथा भिम सार्कीले २६ रन बनाए । सिंगापुरका लागि आथर्भा गुनेले ४ विकेट हात पारे । यस्तै राहुल शर्मा र बिनित मेहेताले समान २-२ विकेट लिए । नेपालले एक विकेट रन आउटका रुपमा गुमाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २९, २०७५ /Friday, April 12th, 2019, 12:16 pm