भुकम्पको धक्का महसुस

काठमाडौँ, चैत ९ । शनिबार अपराह्न लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार दिउँसो ४ बजेर ३५ मिनेट जाँदा लमजुङ जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।

लमजुङको बेशीशहर नजिक केन्द्रविन्दु भएर भूकम्प गएको बताइएको छ। भुकम्प मापन केन्द्रका अनुसार बांझाखेत केन्द्रविन्दु भएको ३ रिक्टर स्केलको भूकम्प गएको हो। बेशीशहर आसपासका क्षेत्रहरुमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयहरुले बताएका छन्।

यस्तै चैत ४ गते बेलुका बैतडी र दार्चुलामा लगातार दुई भूकम्पको धक्का महसुस गरिएको थियो। भारत र चीनको सीमाआसपास लिपुलेक क्षेत्रमा केन्द्रविन्दु रहेर ३ दशमलव ८ रेक्टर र ३ रेक्टर स्केलको भूकम्प गएको थियो।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प पश्चात लगातर परकम्प महसुस गर्ने गरिएको छ। गोरखा भूकम्पपछि अहिलेसम्म ५०० पटक भन्दा धेरै परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ।

प्रकाशित मिति: शनिबार, चैत्र ९, २०७५ /Saturday, March 23rd, 2019, 7:44 pm