किन तिरे त चिनियाले एउटा परेवालाइ साढे १५ करोड भन्दा बढी

तपाई सोच्नुहोस त हाम्रो गाउघरमा एउटा परेवाको कति पर्ला ? बढीमा १ हजार रुपैया । तर अचम्म लाग्ने कुरा छ केहि दिन अघि मात्र एक परेवा साढे १५ करोड रुपैयाँभन्दा बढीमा बिक्रि भएको छ ।

बीबीसीको समाचार अनुसार बेल्जियममा अर्मान्डो नामक एउटा परेवा १.२५ मिलियन यूरो (१५ करोड, ५६ लाख ३० हजार ५६२ नेपाली रुपैया ) मा लिलामी भएको छ ।

अर्मान्डो लाइ लिलामी गर्ने लिलामी हाउस पीपाका सीईओ निकोलास गाएसेलब्रेख्तले आफुले सोचे भन्दा पनि धेरै रकममा लिलामी भएको बताएका छन् ।
उनका अनुसार चार देखि छ लाख युरोमा बिक्ने आश गरिए पनि चीनका दुइ ब्यापारीले बोलि बढाउदा उक्त परेवाको मूल्य एक घन्टामै ५.३२ लाख यूरोदेखि १.२५ मिलियन यूरोसम्म पुगेको थियो ।

१.२५ मिलियन ( १५ करोड, ५६ लाख ३० हजार ५६२) रुपैयामा बिके संगै अर्मान्डो परेवाले नया रेकर्ड कायम गरेको छ । यसअघि एउटा परेवा १५ करोड ५३ लाख ६० हजार रुपैयाँ लिलामी भएको रेकर्ड थियो ।

यो परेवा यति महँगो हुनुमा यसले उडान प्रतियोगितामा सबैभन्दा उत्कृष्ट परेवा हुनु रहेको छ । उडान प्रतियोगितामा सबभन्दा उत्कृस्ट रहेकोले यसलाई ‘परेवाहरुको लुइस हेमिल्टन’ पनि भनिन्छ ।

अर्मान्डोले आफ्नो करियरको अन्तिम तीन दौड जितेको छ । २०१८ को ऐस पिजन च्याम्पिनशिप, २०१९ को पिजन ओलम्पियाड र अंगुलेममा अर्मान्डो पहिलो भएको छ ।

यसले थुप्रै प्रशंसकहरु पाएको छ । बेल्जियमको परवेज शहरको स्थानीय पिजन फेसिङ एसोसिएशनका अध्यक्ष फ्रेड वेंकेलीले भनेका छन्, ‘यो परेवा लुईस हेमिल्टन हो र यो खेल इतिहासको सबैभन्दा उत्कृष्ट छ ।’

पाँच वर्षको अर्मान्डो हाल अवकासको जीवन बिताइरहेको छ । तर उसको नयाँ मालिकले त्यसबाट प्रजनन गराएर उसको वंश उत्पादन गर्ने सोच रहेको बताएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत्र ९, २०७५ /Saturday, March 23rd, 2019, 7:22 pm