‘दर्ता नगरे सामाजिक सञ्जाल बन्द’

काठमाडौं, चैत ४ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाललाई सामाजिक सञ्जाल उपभोगको थलो मात्र हुन नदिने बताएका छन् ।

उनले नेपालको कानुनअनुसार सामाजिक सञ्जाल कम्पनी दर्ता हुन नआए बन्द गर्ने बताए । मन्त्रालयले संसद्मा दर्ता गरेको सूचना प्रविधिसम्बन्धी व्यवस्था गर्न बनेको विधयेकमा छलफलका लागि आयोजित कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘दर्ता भएनन् भने नेपालविरुद्ध नचाहिने काम गरे बन्द गर्ने हो ।’

उनले उपभोक्ताले तिरेको मूल्यको केही न केही लाभ नेपालले पाउनुपर्ने बताए । ‘नेपाल सबैको उपभोक्ता बजार मात्रै होइन होला नि ?’ उनले भने । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशित मिति: सोमवार, चैत्र ४, २०७५ /Monday, March 18th, 2019, 6:53 am