शेयर बजार करिब ६ अंकले बढ्दा दुई कम्पनीका लगानीकर्ताहरु भए मालामाल

काठमाडौं, चैत ३ । महिनाको पहिलो दिनको कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक सामान्य अंकले बढेको छ । आइतबार नेप्से सूचक ५ दशमलव ९९ अंकले बढेर १ हजार १ सय ६१ दशमलब ४५ अंकमा पुगेर बन्द भएको छ ।

आँइतबार १ सय ७२ कम्पनीको १४ लाख ७७ हजार ८ सय ९२ कित्ता शेयर कारोबार हुँदा ३७ करोड १२ लाख ३६ हजार २ सय ५२ रुपैया बराबरको कारोबार भएको छ । यस दिन ५ हजार ५ सय ६६ वटा कारोबार भएका छन् ।

यस दिन कारोबारमा आएका १० समूह मध्ये ३ वटा समूह बाहेक अरु सबै समूह बढेका छन् । यस दिन जीवन विमा समूह सबैभन्दा धेरै ४५.८५ अंकले बढेको छ । त्यसैगरी उत्पादन समूह ३५.४१ अंक, जलविद्यूत समूह ९.१ अंक, बैकिङ समूह ७.६१ अंक, वित्त समूह ६.९२ अंक, निर्जिवन विमा समूह २.४४ अंक, लघुवित्त समूह १ अंकले उकालो लागेका छन् । त्यसैगरी होटल समूह २०.३६ अंक, विकास बैंक ४.६५ अंक र अन्य समूह ०.७१ अंकले ओराले लागेका छन् ।

यस दिन सबैभन्दा बढी कारोबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको संस्थापक शेयरको भएको छ । यस कम्पनीको ४ करोड ४६ लाख १ हजार ४४० रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी नेपाल इन्भेसमेन्ट बैंकको २ करोड ९३ लाख ३१ हजार ५१७ रुपैयाँ, एनआईसी एशिया बैंकको १ करोड ५४ लाख ४९ हजार ६९२ रुपैया, अप्पर तामाकोशीको १ करोड ४५ लाख ६ हजार ९४३ रुपैया, नेपाल लाइफ इन्सोरेन्स कम्पनीको १ करोड ३६ लाख ८५ हजार ९९ रुपैयाँ, लाइफ इन्सोरेन्स कम्पनीको १ करोड ६ लाख ९४ हजार ५२३ रुपैयाँ, एनसिसि बैंकको १ करोड ६ लाख ४८ हजार ३२० रुपैयाँ बराबरको कारोबार भएको छ ।

सर्वाधिक कमाउने कम्पनी
यस दिन आशा लघुवित्त वित्तीय संस्था र युनाइटेड फाइनान्सका लगानीकर्ताहरु मालामाल भएका छन् । जसको शेयर मुल्य आज ९ दशमलव ८४ प्रतिशत र ९ दशमलव ५५ प्रतिशतले बढेको छ । श्रीराम सुगर मिल्सका लगानीकर्ताहरुले ८.५९ प्रतिशत, राधी विद्युत कम्पनीका लगानीकर्ताहरुले ७.८३ प्रतिशतले कमाएका छन् ।

सर्वाधिक गुमाउने कम्पनी
यस दिन गुमाउनेमा तिनाउ विकास बैंकका लगानीकर्ताहरु रहेका छन्, जसको शेयर मूल्य ६ दशमलव ७४ प्रतिशतले घटेर घटेको छ । त्यसैगरी घलेम्दी हाइड्रोपावरका लगानीकर्ताहरुले ४.९० प्रतिशत, ङादी ग्रुप पावरका लगानीकर्ताहरुले ४.६१ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति: आइतवार, चैत्र ३, २०७५ /Sunday, March 17th, 2019, 3:26 pm