आइतबार नेपाली बजारमा यस्तो छ सुनचाँदीको मूल्य

ललितपुर, चैत ३ । साताको पहिलो दिन आइतबार दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन शुक्रबार छापावाल सुन तोलाको ६० हजार रुपैयाले कारोबार भएको थियो भने आज आइतबार अनि सोहि मुल्यमा कारोबार हुने नेपाल सुन चांदी ब्यबसायी महासंघले जनाएको छ ।

यस दिन पनि तेजाबी सुनको मूल्य ५९ हजार ७ सय रुपैया रहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

शुक्रबार चाँदी तोलामा १० रुपैयाले घटेर प्रति तोला ७ सय ३५ रुपैयामा कारोबार भएको थियो भने आज आइतबार पनि सोहि मुल्यमा कारोबार हुने भएको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, चैत्र ३, २०७५ /Sunday, March 17th, 2019, 11:15 am