विप्लवसमूहलाई तीन तरिकाबाट कारबाही गर्न निर्देशन

काठमाडौं, चैत ३ । नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाइएको छ । केन्द्र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ ।

घुँडामुनि गोलि हान्न, नियन्त्रणमा लिएर सम्झाउन र गतिविधिका आधारमा कारबाही गर्न । विस्फोट र आगजनीका घटना बढाएका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउनसक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ ।

पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने कुनै योजना नदेखिएको उनीहरुको विश्लेषण छ । सरकारले तत्कालीन माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा आधार क्षेत्र बनाएको रोल्पामा उच्च सर्तकता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले बताउनुभएको समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति: आइतवार, चैत्र ३, २०७५ /Sunday, March 17th, 2019, 6:59 am