विप्लवको पार्टीलाई निषेध नगर्न काङ्ग्रेसको अपिल

ललितपुर, चैत २ ।
कांग्रेसले हिंसात्मक विद्रोहमा गएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई विश्वासमा लिन सरकारलाई अपील गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै नेकपालाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेकपा र नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न अपिल गरेका हुन् ।
केही समययता मुलुकका विभिन्न स्थानमा हिंसात्मक गतिविधि बढेको भन्दै सरकारले गत मंगलबारको मन्त्रिपरिषद् बैठकबाट नेकपामाथी राजनीतिक प्रतिबन्ध लगाउने निर्णय लिएको थियो ।
संविधानविपरीत निधेषको मार्गबाट समस्या समाधान नपुग्नेमा कांग्रेसले सचेत गराएको छ । ‘नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो तर त्यस नाममा संविधानविपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न’ विज्ञप्तिमा भनिएको छ, ‘अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ ।’

प्रकाशित मिति: शनिबार, चैत्र २, २०७५ /Saturday, March 16th, 2019, 8:46 pm