फोनिज ३ नं. प्रदेश पेमा लामाको नेतृत्वमा समिति चयन

नुवाकोट, चैत्र २ । नेपाल आदिवासी जनजाति पत्रकार महासघं प्रदेश नं. ३ (फोनिज) को अध्यक्षमा काभ्रेपलाञ्चोकका पेमा लामा सर्बसम्मत चयन भएका छन् । आदिबासी जनजाति पत्रकारहरुको शुक्रबार र शनिबार नुवाकोटमा भएको प्रथम भेलाले २० सदस्यीय प्रदेश कमिटी र ३ सदस्यीय अनुशासन आयोग गठन गरेको हो ।

फोनिजको उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्षमा अन्जु डिम्डुङ, महासचिवमा सुरजकुमार भुजेल, संगठन सचिवमा पूर्णिमा याङवा, संस्थागत सचिवमा श्याम राना मगर, कोषाध्यक्षमा पूर्णभक्त दुवाल सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै खुला सदस्यहरुमा बाबुकाजी श्रेष्ठ, विनोद श्रेष्ठ, साहिला तामाङ, रामशरण माझी, महिला सदस्यहरुमा लक्ष्मी शाक्य, सम्झना श्रेष्ठ, कुन्जला पुलामी, संस्थागत सदस्यहरुमा डोल्पा शेर्पा, राजेश रुम्बा तामाङ, जीवन लिम्बु, नविन राना मगर, राजेश बज्राचार्य, अल्पसंख्यक सदस्यमा पुष्पा राई हायु निर्वाचित भएका छन् ।

त्यसैगरी दिलबहादुर लामाको संयोजकत्वमा अनुशासन समिति समेत गठन गरेको छ । समितिका सदस्यहरुमा राजकुमार शाक्य र रिदेन महर्जन रहेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत्र २, २०७५ /Saturday, March 16th, 2019, 7:55 am