एसईईमा सात थरी प्रश्न

काठमाडौं, चैत २ । यस वर्षदेखि एसईई प्रश्नपत्र सात थरीको हुने भएको छ । अनिवार्य ६ विषयका प्रश्नपत्र प्रदेशअनुसार फरकफरक तयार पारिएको हो । परीक्षा सञ्चालन केन्द्रबाटै हुँदैछ । शिक्षा ऐनअनुसार कक्षा १० अन्तमा लिइने एसईई परीक्षा सञ्चालन प्रक्रिया तीन वर्षअघि नै बदलिनुपर्ने थियो । प्रदेशमा पर्याप्त संरचना नभएका कारण परीक्षा नियन्त्रण कार्यालयले केन्द्रबाटै परीक्षा चलाउँदै आएको छ ।

पनिकाले सात प्रदेशका परीक्षार्थीलाई सातै प्रकारको प्रश्नको सेट बनाएर सम्बन्धित जिल्लामा पु¥याइसकेको जनाएको छ । यस वर्ष साधारण धारतर्फ ६ वटा अनिवार्य विषयको प्रश्न सात प्रकारको हुने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताउनुभयो ।

अन्य धारमा धेरै विषय हुने भएकाले प्रदेशअनुसार फरकफरक सेटमा प्रश्न सोध्न कठिन छ । समाचार अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ ।

प्रकाशित मिति: शनिबार, चैत्र २, २०७५ /Saturday, March 16th, 2019, 6:49 am