ललितपुरको कालेश्वरमा टिपर दुर्घटना

ललितपुर, चैत १ । ललितपुरको महांकाल गाउँपालिका–५ कालेश्वर नमनडाँडामा आज दिउसो टिपर दुर्घटना भएको छ । वडा कार्यालयको भवन निर्माण गर्नको लागि बालुवा लिई आएको बा ३ क ९४ नम्बरको टिपर दुर्घटना भएको महानगरिय प्रहरी वित्त चापागाउँका प्रमुख राजकुमार खिउजूले बताए । उनका अनुसार टिपर जमिनमा भासन गई दुर्घटना भएको हो ।

दुर्घटनाबाट टिपर चालक कोन्ज्योसम–२ शंखु बस्ने वर्ष ३० का दिपक घिमिरेको छाती र खुट्टा च्यापिन गई बेहोस भएको र उनको अहिले पाटन हस्पिटलमा उपचार भैरहेको चापागाउँ वित्तका डिएसपी खिउजुले दैनिकीन्युजलाई बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १, २०७५ /Friday, March 15th, 2019, 8:48 pm