चैत महिनाको पहिलो दिन ह्वात्तै घट्यो सुनको मुल्य

ललितपुर, चैत १ । चैत महिनाको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ह्वातै घटेको छ । अघिल्लो दिन बिहिबार १ सय रुपैयाले घटेर प्रतितोला ६० हजार ५ सय रुपैयामा कारोबार भएको सुनको मूल्य शुक्रबार भने तोलामा ५ सय रुपैयाले घटेको छ । शुक्रबार सुन तोलाको ६० हजार रुपैयाले कारोबार भइरहेको नेपाल सुन चांदी ब्यबसायी महासंघले जनाएको छ ।

आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाले बढेर प्रतितोला ६० हजार ५ सय रुपैया पुगेको थियो भने सोमबार पनि छापावाल सुन सोहि मूल्य अर्थात् तोलाको ६० हजार ५ सय रुपैयामा कारोबार भएको थियो ।

मंगलबार तोलामा २ सय रुपैयाले घटेर ६० हजार ३ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाले बढेर तोलामा ६० हजार ६ सय पुगेको थियो ।

यस दिन तेजाबी सुनको मूल्य ५९ हजार ७ सय रुपैया रहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

केहि दिन देखि लगातार स्थिर रहेको चाँदीको मूल्य शुक्रबार भने घटेको छ ।

शुक्रबार चाँदी तोलामा १० रुपैयाले घटेर प्रति तोला ७ सय ३५ रुपैयामा कारोबार भैरहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

आइतबार बढेको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको थियो । आइतबार नेपाली बजारमा चांदीको मूल्य तोलामा १० रुपैयाले बढेर तोलाको ७ सय ४५ रुपैया पुगेको थियो । सोमबार देखि स्थिर रहेको चाँदीको मूल्य बिहिबार पनि स्थिर अर्थात् प्रति तोला ७ सय ४५ रुपैयामा कारोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १, २०७५ /Friday, March 15th, 2019, 11:36 am