अवैध शुल्कको विरोध गर्ने ५० विद्यार्थी फेल

काठमाडौं, चैत्र १ । नयाँ पत्रिका दैनिकमा ‘अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजका ५० विद्यार्थी फेल’ भएको समाचार छापिएको छ ।

समाचारमा किस्ट मेडिकल कलेजका दशौँ व्याचका विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको फोटोसमेत समावेश गरिएको छ । थप ९० हजार नदिनए परीक्षामा बस्न नदिने भन्दै कलेजले धम्की दिएपछि गुहार माग्दै विद्यार्थीहरु जिल्ला प्रशासन कार्यालय पुगेका छन् । प्रशासनको हस्तक्षेपपछि विद्यार्थीले परीक्षा दिन पाए, कापी जाच्ने शिक्षकले पास गराए, तर कलेजका सञ्चालकले विरोध गर्ने विद्यार्थीहरुलाई फेल गराए ।

आन्तरिक परीक्षामा फेल विद्यार्थीले विश्वविद्यालयको अन्तिम परीक्षा समेत दिन पाउँदैनन् । यस विषयमा ललितपुरका सिडियो प्रेमराज जोशीले भनेका छन्, ‘प्रहरीसहित कलेजमै गएर थप रकम नलिने निर्णय गरेका हौं, त्यहि कारण विद्यार्थी फेल गराएको भए कारबाही हुन्छ ।’ कलेजले विद्यार्थीलाई परीक्षाबाट वञ्चित गर्न सक्ने डर भएकोले उनीहरुको आन्तरिक परीक्षा पनि त्रिविले नै गराउनुपर्ने मेडिकल काउन्सिलका अध्यक्ष प्राध्यापक डाक्टर धर्मराज बास्कोटा बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १, २०७५ /Friday, March 15th, 2019, 6:21 am