१ लाख ८८ हजार कित्ता शेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन

काठमाडौं, चैत्र १ । रिलायन्स फाइनान्स कम्पनीले विक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिने शुक्रवार अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक समूहतर्फको १ लाख ८८ हजार ८ सय ७४ दशमलव ५२ कित्ता शेयर फागुन १७ गतेदेखि विक्रीमा ल्याएको हो । लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतमको लागि कुनै सीमा तोकिएको छैन ।

बोलपत्र आवेदन फारम पेश गर्नका लागि सनराइज क्यापिटल लिमिटेड र सनराइज बैंकको वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ । साथै, रिलायन्स फाइनान्स लिमिटेडको पोखरा, चितवन, बनेपा र झापाको कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । आर्थिक अभियानबाट

प्रकाशित मिति: शुक्रबार, चैत्र १, २०७५ /Friday, March 15th, 2019, 6:07 am