यसकारण बिहिबार बढ्यो नेप्से, २ कम्पनीका लगानीकर्ताले सर्बाधिक कमाए

काठमाडौं, फागुन ३० । अघिल्लो दिन बुधबार दोहोरो अंकले घटेको नेप्से आज साताको अन्तिम कारोबार दिन बिहिबार भने बढेको छ । मंगलबार २०.३३ अंकले बढेर १ हजार १ सय ६३ दशमलब २६ अंकमा पुगेको नेप्से बुधबार भने १३.१६ अंकले घटेको थियो ।

बिहिबार भने नेप्से ५ दशमलब ४० अंकले बढेर १ हजार १ सय ५५ दशमलब ५० अंकमा पुगेको छ ।

नेप्सेसंगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन बुधबार १ सय ७४ कम्पनीको १४ लाख ८० हजार ६२ कित्ता शेयर कारोबार हुँदा ४२ करोड ८३ लाख ४१ हजार १ सय ५२ रुपैया बराबरको कारोबार भएको थियो भने बिहिबार १ सय ७१ कम्पनिको १३ लाख ३९ हजार ९ सय ३१ कित्ता शेयर कारोबार हुँदा ४८ करोड ५८ लाख ७७ हजार ९ सय ३१ रुपैया बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका समूह मध्ये उत्पादन समूह बाहेक अरु सबै समूह बढेका छन् । यस दिन होटेल समूह सबैभन्दा धेरै ४०.०९ अंकले बढेको छ भने वाणिज्य बैंक समूह पनि ४.५९ अंकले उकालो लागेको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेशनल लाइफ इन्स्योरेन्सको प्रमोटर शेयरको भएको छ । बिहिबार यस कम्पनीको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार यस दिन सर्बाधिक कमाउनेमा तिनाउ विकास बैंक र युनाइटेड फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । यी दुबैको शेयर मुल्य बिहिबार ९ दशमलव ८८ प्रतिशतले बढेर १७८ रुपैयाँ पुगेको छ ।

यस दिन सर्बाधिक गुमाउनेमा रिद्धि हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य ६ दशमलव १२ प्रतिशतले घटेर ९२ रुपैयाँ पुगेको छ ।

पुजी बजारमा प्यान अनिवार्य नगर्ने नेपाल धितोपत्र बोर्डको निणर्यको असर बिहीबारको सेयर बजारमा परेको हो । बोर्डले एक विज्ञप्तिमार्फत प्यान ऐच्छिक गर्ने जानकारी दिएपछिको बजारमा एकाएक हिरियाली छाएको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन ३०, २०७५ /Thursday, March 14th, 2019, 3:38 pm