२०७६ वैशाख १ गतेदेखि ५ लाखभन्दा बढी कारोबार गर्नेका लागि मात्र प्यान

काठमाडौं, फागुन ३० । २०७६ साल वैशाख १ गतेदेखि ५ लाखभन्दा बढीको खरिद गर्ने खरिदकर्ताहरुको लाग लागि प्यान (स्थायी लेखा नम्बर) अनिवार्य गर्ने नेपाल धितोपत्र बोर्डले बोर्ड निर्णय गरेको छ ।

यसअघि सबै खरीदकर्ताका लागि अनिवार्य भनिएपनि बोर्डले एक पटकमा रू. ५ लाख वा सोभन्दा बढी कारोबार गर्ने लगानीकर्ताका लागि मात्र अनिवार्य गर्ने निर्णय गरेको हो । अन्य लगानीकर्ताको हकमा भने ऐच्छिक रूपमा प्यान लागू गर्ने बोर्डले जानकारी दिएको छ ।

बोर्डले विज्ञप्ति जारी गर्दै एकपटकमा पाँच लाखभन्दा बढी कारोबार गर्नेलाई मात्र प्यान अनिवार्य गरिएको छ भने त्योभन्दा कम कारोबार गर्नेलाई ऐच्छिक गरेको छ । ओरालो लागेको शेयर बजारलाई उकास्न लगानीकर्ताले हारगुहार गर्न थालेपछि सरकारले त्यस्तो निर्णय गर्न पुगेको हो ।

प्यान लागू गर्ने विषयमा लगानीकर्ता तथा सम्बद्ध पक्षहरुसँग छलफल गरी प्राप्त सुझाब र नेपाल सरकार अर्थमन्त्रालयबाट प्राप्त निर्देशन अनुसार यस्तो निर्णय गरेको बोर्डका प्रवक्ता निरज गिरीले बताए । उनका अनुसार ठुला लगानीकर्ताका लागि प्यान अनिवार्य गरी साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न ऐच्छिक व्यवस्था गरिएको हो । यस व्यवस्थाबाट दोस्रो बजारमा धितोपत्र कारोबारका लागि प्यान कार्यान्वयन सहज रूपमा अघि बढ्ने बार्डको अपेक्षा रहेको उनको भनाइ छ ।

सरकारले आगामी वैशाखदेखि शेयर खरिदमा आनिवार्य रुपमा प्यान गर्ने तयारी थालेपछि लगानीकर्ता त्यसका विरुद्धका उत्रिएका छन् । बुधबारमात्र लगानीकर्ताले राजस्व सचिवलाई भेट गरी प्यान वैशाखदेखि अनिवार्य रुपमा लागु नगर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन ३०, २०७५ /Thursday, March 14th, 2019, 1:27 pm