बिहिबार सुनको मूल्य घट्यो, चाँदीको भने अझै स्थिर

ललितपुर, फागुन ३० । साताको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाले बढेर प्रतितोला ६० हजार ५ सय रुपैया पुगेको थियो भने सोमबार पनि छापावाल सुन सोहि मूल्य अर्थात् तोलाको ६० हजार ५ सय रुपैयामा कारोबार भएको थियो ।

मंगलबार तोलामा २ सय रुपैयाले घटेर ६० हजार ३ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाले बढेर तोलामा ६० हजार ६ सय पुगेको थियो । बिहिबार भने सुनको मूल्य तोलामा १ सय रुपैयाले घटेर प्रतितोला ६० हजार ५ सय रुपैयामा करोबार भैरहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

यस दिन तेजाबी सुनको मूल्य ६० हजार २ सय रुपैया रहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै बिहिबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार बढेको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको थियो । आइतबार नेपाली बजारमा चांदीको मूल्य तोलामा १० रुपैयाले बढेर तोलाको ७ सय ४५ रुपैया पुगेको थियो । सोमबार देखि स्थिर रहेको चाँदीको मूल्य आज बिहिबार पनि स्थिर अर्थात् प्रति तोला ७ सय ४५ रुपैयामा कारोबार भएको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन ३०, २०७५ /Thursday, March 14th, 2019, 12:09 pm