१ लाख २ हजार कित्ता शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, फागुन ३० । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि बोलकबोल प्रक्रियाबाट लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । इन्स्योरेन्स कम्पनीले संस्थापकतर्फको १ हजार ५ सय ९८ कित्ता र सर्वसाधारणतर्फको १ लाख ७ सय ६६ कित्ता शेयर लिलामीमा ल्याएको हो । यसअघि पुस १७ गतेदेखि माघ २१ गतेसम्म विक्री खुला गर्दा माग नभएको उक्त शेयर कम्पनीले लिलामीमा विक्री गर्न लागेको हो ।

प्रतिकित्ता रू. एक सय तोकिएको शेयर खरीद गर्न चाहाने लगानीकर्ताहरुले सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ । न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम कित्ताका लागि कुनै हद तोकिएको छैन ।

कम्पनीको शेयर विक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिएको छ ।

बोलपत्र पेश गर्न विक्री प्रबन्धकको कार्यालय सहित ग्लोबल आइएमई बैंक लिमिटेडको बीरगञ्ज, हेटौडा, बुटवल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखरा शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ । आर्थिक अभियानबाट

प्रकाशित मिति: बिहिबार, फाल्गुन ३०, २०७५ /Thursday, March 14th, 2019, 9:21 am