‘अवकाश हुन लागेका न्यायाधीशले मुद्दा नहेर्नू’

काठमाडौं, फागुन ३० । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अवकाश हुनुभन्दा एक महिनाअघिदेखि कुनै पनि मुद्दाको सुनुवाइ तथा फैसाल नगर्न न्यायाधीशहरुलाई निर्देशन दिनुभएको छ । सर्वोच्च, उच्च र जिल्ला अदालत तथा मातहतका न्यायाधीशलाई यस अवधिमा मुद्दाको सुनुवाइ तथा फैसला गर्नुभन्दा फैसला–आदेशहरु तयार गर्न र अवकाशको तयारी तथा व्यवस्थापनसँग सम्बन्धित अन्य काम गर्न उहाँले निर्देशन दिनुभएको हो ।

न्यायपरिषद् ऐन, २०७३ को दफा ३१ को उपदफा १ मा उमेरका कारण अवकाश पाउने न्यायाधीशले न्यायपरिषद्लाई अग्रिम जानकारी गराउनुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार न्यायाधीशले उमेरहदका कारण अवकाश पाउनुअघि आफ्नो अवकाशको तयारी र त्यससम्बन्धी काम–कारबाहीको व्यवस्थापन गर्न सक्ने राणाले बताउनुभयो ।

फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा ९ मा मुद्दामा कानुनबमोजिम कसुरदार ठहर भइसकेपछि सजाय निर्धारण गर्नुपर्ने र कसुर ठहर भएको ३० दिनभित्र सजाय निर्धारण गरिसक्नुपर्ने व्यवस्था छ । समाचार अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन ३०, २०७५ /Thursday, March 14th, 2019, 7:22 am