गगन भन्छन-प्रधानमन्त्री ओलि देशमा द्वन्द्व बढाउन लागे

अर्घाखाँची, फागुन २९ ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको सनकका कारण देश बिग्रन थालेको बताएका छन् । बुधबार सन्धिखर्कमा भएको कार्यक्रममा बोल्दै सांसद थापाले प्रधानमन्त्रीको सनकले देश नचल्ने बताए ।
विपक्षी दल कांग्रेस छ भन्ने पनि हेक्का नराख्नु प्रधानमन्त्रीको लागि भुल भएको बताए । उनले देशलाई बचाइराख्न अब कांग्रेसले सशक्त भूमिका खेल्ने बताए ।
‘गिरिजाबाबुको नेतृत्वमा स्थापना भएको शान्तीलाई अहिलेका प्रधानमन्त्री ओलिले भाड्न खोजेको र देशलाई द्वन्द्वतर्फ धकेल्न खोजेको नेता थापाले आरोप लगाए ।’ओली सरकारले भष्टचारलाई रोक्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको र दुई तिहाइको दम्भले सरकार तानासा बन्नतर्फ लागेको उनले दाबी गरे ।

प्रकाशित मिति: बुधबार, फाल्गुन २९, २०७५ /Wednesday, March 13th, 2019, 9:42 pm