अस्थायी शिक्षक अन्तर्वार्ताको नतिजा सार्वजनिक (सूचिसहित)

भक्तपुर, फागुन २३ । बिहीबार शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ ।

पहिलो दिन बिहीबार निम्न माध्यमिक तह अन्र्तगत सबै क्षेत्रको गणित, गणित विज्ञान र कम्प्युटरको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ । जसमा ३ सय ९५ जना स्थायीमा सिफारिस भएका छन् । जस अनुसार गणित विज्ञानमा ४५, गणितमा ३ सय ४९ र कम्प्युटरमा १ जना स्थायीका लागि सिफारिस भएको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए ।

कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको लिखितको नतिजा आयोगले गत मंसिर १० गतेबाट सार्वजनिक गर्न शुरु गरेको थियो । लिखितमा आवश्यक पद भन्दा निकै कम उम्मेद्वार मात्रै पास भएका थिए । विज्ञापन भएको पदमा आवश्यकता अनुसार परीक्षामै सहभागी नभएको र भए पनि अन्र्तवार्ताका लागि छनौट हुन नसकेको नतिजा सार्वजनिक भएको थियो । तिनै तहमा गरी लिखितका लागि २३ हजार २ सय ८६ आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए ।

अब बाँकी विषयको नतिजा क्रमैसँग सार्वजनिक गर्ने गौतमले बताए ।

कार्यरत अस्थायी शिक्षकको निम्न माध्यमिक तहको गणित विज्ञान विषयको अन्तीम नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको निम्न माध्यमिक तहको गणित र कम्प्युटर विषयको अन्तीम नतिजा प्रकाशन

प्रकाशित मिति: बिहिबार, फाल्गुन २३, २०७५ /Thursday, March 7th, 2019, 8:50 pm