कुवेत नेपालसँग ३० रनले पराजित

काठमाडौँ, फागुन १५ । महिला विश्वकपका लागि एशियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको छ।

बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालले दिएको ११७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि विन्दु रावलले सर्वाधिक २८, रुविना क्षेत्री बेलबासेले २२, नेरी थापाले १९ र काजल श्रेष्ठले १८ बनाइन्।

कुवेतका लागि कप्तान मार्याम ओमारले सर्वाधिक २९ रन जोडिन् । यस्तै प्रियादा मुरालीले १४ तथा सब्रिन जाकी र मारियामा हेदरले समान १२/१२ रन बनाए ।

बलिङतर्फ नेपालका लागि रुविना क्षेत्री बेलबासेले ह्याट्रिक गरिन्। यस्तै करुणा भण्डारीले तीन विकेट तथा नेरी थापाले र कविता कुँवरले समान एक–एक विकेट लिए।

कुवेतका लागि मर्याम ओमार र प्रियदा मुरलीले समान दुई–दुई तथा एम्मा तारीक र मादिहा जुवेरीले एक एक विकेट लिए।

प्रकाशित मिति: बुधबार, फाल्गुन १५, २०७५ /Wednesday, February 27th, 2019, 1:18 pm