बजेट फोन भनिएको साओमीको ‘रेडमी गो’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ त मूल्य ?

साओमीले नेपालमा पहिलो पटक एन्ड्रोयड गो (Android™ Go) मा आधारित स्मार्टफोन रेडमी गो (Redmi Go) प्रस्तुत गरेको छ ।

रेडमी गो एन्ड्रोयड ८.१ ओरियो Android™ 8.1 Oreo™ (Go edition) अपरेटिङ प्रणालीमा काम गर्छ । यसमा भएका एपहरू स्टोरेज कम खाने र डेटाको प्रयोग कम गर्ने हिसाबले निर्माण गरिएको कम्पनीले जानकारी दिएको छ ।

एन्ड्रोयड गो कार्यक्रम गुगलले २०१७ सालमा सुरू गरेको थियो र यसलाई बजारमा ल्याउने बित्तिकै नै प्रविधिको बजारमा नयाँ प्रभावकारी मोड आएको छ ।

रेडमी गोको नयाँ एन्ड्रोयड फोनमा ५ इन्चको एचडी डिस्प्ले रहेको छ । यस फोनमा क्वालकम स्न्यापड्रागन ४२५ चीपसेटको साथमा ३००० एमएएच ब्याट्री राखिएको छ । क्यामराको कुरा गर्दा यसमा ८ मेगापिक्सेलको मुख्य ( पछाडिको) क्यामरा छ भने ५ मेगापिक्सेलको सेल्फी फ्रन्ट क्यामरा राखिएको छ । ड्यूल सिम स्लट भएको रेडमी गोमा १ जीबी र्याम छ, इन्टरनल स्टोरेज भने ८ जीबीको छ, जसलाई माइक्रोएसडी कार्डद्धारा १२८ जीबीसम्म स्टोरेज बढाउन सक्नेछ ।

नेपाली बजारमा स्मार्टफोन रेडमी गो ८ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।


रेडमी गो कालो र नीलो रंगमा उपलब्ध छ भने यो फोन मार्च ३ तारिखदेखि अफलाइन स्टोरहरु र दराज डटकममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन १३, २०७५ /Monday, February 25th, 2019, 10:08 pm